काठमाडौं– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता हुने क्रम जारी रहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार मध्यान्ह प्रम प्रचण्ड र अध्यक्ष नेपालबचि छलफलमा जुटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताइएको छ ।
प्रम प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसालको पनि पनि सहभागीता रहेको छ । उनीहरुबीच राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भइरहेको जानकारी रहेको छ ।
यस्तै, बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । हिजो साझ कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको पाईएको हो । यस्तका लागि प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छलफल भइरहेको स्रोतको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १२:३१