काठमाडौं– नेपालका पहिलो रक गायक मुकुन्द कुमार खड्का (माइक) को निधन भएको छ । उनको ६९ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
क्लासिक एफएमका संस्थापक निर्देशकसमेत समेत रहेका माइकको निधनबारे रेडियोकर्मी प्रकाश सायमीले जानकारी दिर्दै नेपाली संगीतको निम्ति ठूलो क्षतिको दिन भएको बताएका छन् ।
उनको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने भएको छ । उनकी श्रीमती र एक छोरा छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १३:०४