काठमाडौं– प्रम एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ।
यस भेटवार्तामा पछि प्रम प्रचण्डले राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लाग्ने बताएका छन् । ‘राष्ट्रपतिको उम्मेदवार १३ गतेसम्म टुंगो लागिहाल्छ नि,’ उनले भने। २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
भेटवार्तामा माओवादीका तर्फबाट उपप्रधानमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ र एकीकृक समाजवादीबाट घनश्याम भुसालको पनि सहभागीता रहेको थियो ।
नेयसअघि बुधबार साँझ बालुवाटारमा भएको वार्तामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो। उक्त सहमतिलाई औपचारिकता दिन आज विभिन्न दलले पार्टीभित्र र अन्तरपार्टी छलफल गरिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १३:३०