काठमाडौं - कुमारी बैंकको शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक शेयर माघ २६ गतेदेखि लिलामी बिक्री खुला गरेको हो । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनी तथा व्यक्ति, कम्पनी तथा संघ संस्थाले खरिद गर्न पाउने छन् ।
उक्त शेयरमा न्यूनतम १३८ रूपैयाँ तोकिएको भए पनि सेयर खरिद गर्न इच्छुकहरूले सो भन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । सो शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १४:०५