काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता हिंसाको पक्षमा नरहेको बताएको छ ।
एमाले अध्यक्ष ओलीको आज परेको ७२आँै जन्मदिनको अवसर पारेर बालकोटस्थित उनकै निवासमा नेपाल अफ्रो एशियाली जनएकता सङ्गठनले आयोजना गरेको पुस्तक विमोचनमा उनले सो धारणा राखेको हो ।
सो सङ्गठनले प्रकाशन गरेको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन गर्दै उहाँले नेपाली जनतालाई अब कुनै पनि प्रकारको हिंसा मान्य नहुने बताए। अध्यक्ष ओलीले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ मनाउने गरी सरकारले गरेको निर्णय सही नभएको टिप्पणी पनि गरे ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १४:३०