काठमाडौं– सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक चार बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो ४ बजेका लागि बैठक बोलाएको एक मन्त्रीले जानकारी दिएको हो ।
आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १५:५६