मोरङ – महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनर व्यवस्थापन सङ्कायका सात जना प्राध्यापकलाई सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेमा डा शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा मोहनकुमार सुवेदी, वेदप्रसाद सङ्ग्रौला, डा जनकनाथ सापकोटा र जयकुमार महतो हुन्।
दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा आज स्वागत गर्दै सम्मान गरिएको हो ।
सम्मानित डा चौधरी विज्ञान, श्रेष्ठ व्यवस्थापन, रामकुमार थापा बजारशास्त्र, डा सुवेदी वित्तशास्त्र, सङ्ग्रौला अर्थशास्त्र र डा सापकोटा लेखा शास्त्रका अध्यक्ष हुन् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन । उनीहरुलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सहपरीक्षा नियन्त्रक डा उद्धव पोखरेलले सम्मानित गरेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १६:२४