एजेन्सी– हलिउड पपस्टार तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने महिला बनेकी छन् । सेलेनाले अमेरिकी व्यावसायी तथा सञ्चारकर्मी काइली जेनरलाई उछिन्दै उनी शीर्षस्थानमा आएकी हुन् ।
सेलेनाको इन्स्टाग्राममा हाल ३८ करोड ८ लाख ५३ हजार २९३ जनाले पछ्याएका छन् भने काइलीलार्इ ३८ करोड ४ लाख ८ हजार २७४ जनाले फलो गरेको छ ।
शीर्ष स्थानमा उक्लेसँगै सेलेनाका फ्यानले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । उनी यस स्थानको लागि योग्य रहेको उनको प्रसंशकशरुले प्रतिक्रिया दिईरहेकोक छन् ।
गोमेज र जेनरपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएकी महिला सेलिब्रेटी एरियाना ग्रान्डे रहेकी छन्। उनलाई ३५ करोड ७० लाख फलोअर छन् । त्यस्तै, किम कार्दसियनका ३४ करोड ६० लाख बियोन्सेका र २९ करोड ३० लाख फलोअर छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १०:४४