काठमाडौं – नेपाली बजारमा शुक्रबार सुन तोलामा १ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रूपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रूपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख २ हजार रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ ११:०५