काठमाडौं– नेकपा एमाले काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई झुन्डिएको अवस्थामा मृत फेला फेला परेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको उनी मृत फेला परेका हुन् । यस घतनाबारे थप अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ ।
उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।
सांकेतिक तस्विर
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ ११:५५