झापा – मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका व्यवसायीले गरिब, असाहयलाई लक्षित गर्दै दश रुपैयाँमा व्यवस्था गरेको खाना लगभग १५ हजारले खाएका छन् । एक महिना अघिदेखि सञ्चालन गरिएको १० रुपैयाँ छाकको खाना आजसम्म खाने प्रबन्ध गरिएको हो । युवा व्यवसायी प्रविण अग्रवाल, मनोज अग्रवाल र पुरुषोत्तम अग्रवालले विपन्न समुदायलाई लक्षित गर्दै खुवाइएको खाना दैनिक ५०० जनाले खाने गरेका छन् । दैनिक १५ हजार रुपैयाँ खर्च गर्दै एक महिनासम्म चिसोको समयमा खाना खुवाउने व्यवस्था गरिएको युवा व्यवसायीले बताएका छन् ।
आगामी वर्षमा पनि यस्ता कार्यलाई निरन्तरता प्रदान गरिने युवा व्यवसायी बताउँछन् । दश रुपैयाँमा खाना खुवाउन थालेपछि सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुले खाना खाएको पाइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६ १५:४०