काठमाडौं– नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा बसेको बैठक सकिएको छ ।
बैठक पछि सञ्चारकर्मिसँग कुराकानी गर्दै कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ–आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १३:०४