काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साढे २ घन्टा छलफलपश्चात एमाले अध्यक्ष केपी ओली प्रम निवास बालुवाटारबाट बाहिरिएको छ । अध्यक्ष ओली बाहिरिएसँगे कांग्रेस उपसभापति खड्काको इन्ट्री भएको छ।
प्रचण्ड र ओलीको बैठक सकिएलगत्तै बिहान बसेको चार दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति भएको थियो । पुरानो गठबन्धन ब्यूँताएर राष्ट्रपति निर्वाचनमा अहिले बस्ने बैठकले ठोस सहमति बनाउने तयारी गरेको छ।