मड्रिड - १० खेलाडीमा सीमित एट्लेटिले रियल मड्रिडसँग बराबरीमा खेलेपछि साबिक विजेता रियल मड्रिडको उपाधि होडका लागि धक्का लागेको छ ।
मड्रिडका एन्टोनियो रुडिगरलाई कुहिनाले हिकाएको भन्दै एट्लेटको एन्जेल कोरेयाले रातो कार्ड पाएपछि १० खेलमा सिमित हुनुपरेको थियो। तर, लगत्तै होजे गिमिनेजले बर्नेबाउमा एट्लटिकोलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
खेलको ८५ औँ मिनेटमा युवा खेलाडी अल्भारो रोड्रिग्वेजले क्लबका लागि पहिलो गोल गर्दै खेल बराबरी गरे । मड्रिड डर्बीमा गोल गर्ने रोड्रिग्वेज यो शताब्दीकै सबैभन्दा कम उमेरका खेलाडी हुन् ।
बराबरीपछि रियल बार्सिलोनाभन्दा ७ अंकले पछि परेको छ । २२ खेल खेलेको बार्साको ५९ अंक रहेको छ भने २३ खेलपछि रियलको ५२ अंक छ । एट्लेटिको ४२ अंकसहित लिगको चौथो स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १०:२७