एजेन्सी– अमेरिकी अर्बपति थोमस लीको आत्महत्याद्धारा मृत्यु भएको छ । उनलाई निजी इक्विटी लगानी र लिभरेज खरीदको अग्रगामी मानिन्छ । बिहीबार उनको म्यानहट्टन कार्यालयमा ७८ वर्षको उमेरमा आत्महत्या गरेर मृत्यु भएको न्यूयोर्क पोस्टले जनाइएको छ ।
स्थानीय समय अनुसार बिहीबार बिहान करिब ११ः१० बजे उनको लगानी फर्मको मुख्यालय फिफ्थ एभिन्यू म्यानहट्टन कार्यालयमा मृत्यु भएको हो । लीले आफैलाई सुट गरेर आत्महत्या गरेका हुन् । उनको टाउकोमा गोली लागेको थियो । उनलाई उनको कार्यालयको बाथरूमको भुइँमा एक महिला सहायकले देखेकी थिइन् ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १०:५०