काठमाडौं – राष्ट्रपति निर्वाचनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
राष्ट्रपतिको चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने छलफल गर्न सोमबार बैठक बस्न लागेको रास्वपा नेता दीपक बोहराले बताए।
‘अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय लिइएको छैन। दुबैतिर छलफल चलिरहेको छ,’ उनले भने,‘राष्ट्रपति निर्वाचन र पार्टीको आगामी योजनाबारे छलफल गर्न सोमबार बैठक बस्दैछ।’
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ ११:३७