काठमाडौं -प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ । यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ ।
४ कम्पनीको २२ लाख १ हजार १३० रूपैयाँको शेयर कारोबार भएको छ । आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल ३ कम्पनीको मूल्य बढेको छ भने ३५ को मूल्य घटेको र १ कम्पनी स्थिर रहेको छ ।
यसैगरी १३ उपसूचकहरूमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ ११:४१