काठमाडौं– किशोरीहरुलाई बन्धक बनाएर दुव्र्यवहार गरेको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक याङ लि मिङ रहेका छन् । याङले किशोरीहरुलाई विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट काठमाडौं ल्याई बन्धक बनाएको आरोप छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार याङले बन्धक बनाएर राखेका ५ जना किशोरीलाई उद्दार गरेको हो । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले बताए ।
ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो ।
त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ ।
‘ललितपुरको घटना भएकाले त्यहीँबाट मुद्दा चलाउने गरी पठाएका छौं’, सुवेदीले भने, ‘थप अनुसन्धान ललितपुरबाटै उनले बताए ।’
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १४:५३