काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल, गुँडगाँवबीच समझदारी भएकाे छ ।
ग्राहकवर्गहरुलाई उत्कृष्ठ बैंकिङ सेवा सुविधा दिने क्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हाे ।
गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गर्नु भएको हो ।
यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको अस्पतालले जनाएकाे छ । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउने बैंकले जनाएकाे छ । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको दाबी गरेकाे छ ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १९:४५