दोलखा- दोलखा जिल्लाको हिमाली क्षेत्रमा आइतबारदेखि हिउ पर्न सुरु भएको छ।
दोलखा जिल्लाको कालिन्चोक शैलुङ, गौरीशंकर,खरिढुङ्गा लगायत क्षेत्रमा हिउँ परेको हो ।
यस वर्षकै पहिलो पटक हिउ र पानी परेको हुादा कृषकहरु उत्साहित भएका छन् ।
यहाँका होटल र पर्यटन व्यवसायीहरु खुशी भएका छन् । हिउँ परेपछि धेरै जना यसलाई हेर्न र खेल्न आउने भएकाले पर्यटन व्यवसा फस्टाउने यहाँका बासिन्दामा आशा जगाएकाे छ ।
नजिकिदैँ गरेको दोलखा महोत्सवलाई समेत ठूलो टेवा पुग्नेमा विश्वस्त भएकाे स्थानीयवासी प्रभावसँग बताएका छन् ।