काठमाडौं– महालक्ष्मी विकास बैंक लि.को कालीमाटी शाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ । उक्त उपकरण अस्पतालको ८६औं वार्षिकोत्सव समारोहकाबीच समारोहका प्रमुख अतिथी तथा माननिय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावलले उद्घाटन गरेका थिए । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा बिरामी कुरुवालाई सरुवा रोगहरू सर्नसक्ने उच्च सम्भावना देखिएको हुँदा उक्त सम्भावना न्युनीकरण गर्ने उद्देश्यसहित बैंकले क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको हो ।