एजेन्सी– पीएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लियोनल मेस्सीको कीर्तिमानी गोलमा पीएसजीले मार्सेलीमाथि ३-० गोलको जित निकालेको हो ।
पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई र मेस्सीले एक गोल गरे । खेलको २५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
खेलमा मेस्सीले क्लब करियरको ७०० औं गोल गरे। उनको फुटबल करियरमा नयाँ कीर्तिमान पनि बनाएका हुन् । पीएसजीका लागि एम्बाप्पेले खेलको ५५ औं मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।
जितसँगै पीएसजीले २५ खेलबाट ६० अंक जोडेको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ । पराजित मार्सेली ५२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १०:३०