काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि सत्तारुढ दल नेकपा एमाले आक्रोशित बनेको छ ।
मन्त्री पौडेलको आइतबारबाट तय भएको जेनेभा भ्रमण आइतबारै अन्तिम समयमा प्रधानमन्त्री ‘प्रचण्ड’ले रोकेका थिए । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिहरूको नेतृत्व गर्दै आइतबार जेनेभा प्रथानका लागि साँझ मन्त्री पौड्याललाई प्रधानमन्त्री प्रचण्डले रोकेका थिए ।
प्रधानमन्त्रीको निर्देशनमा मन्त्री पौडेलको भ्रमण रोकिएपछि छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले सोमबार आकस्मिक केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् ।
बैठकका एजेन्डाबारे सदस्यहरूलाई केही जानकारी गराइएको छैन । ‘मन्त्री परिषदबाट स्वीकृत परराष्ट्र मन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्दैछ,’ एमाले महासचिव शंकर पोखरेलले पोखरेलले एक पोष्ट गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १०:५७