जनकपुर – नेपाल एसबिआई बैंक लिमिटेडले प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारलाई लक्षित गरी वचत तथा कर्जा सूविधा ल्याएको छ । उक्त सुविधा नेपाल एसबिआई बैंकका ४ शाखाः बर्दिबास, जनकपर, लाहान र मिर्चैयामा उपलब्ध रहेको बैंकले जनाएको छ । उक्त सुविधाको प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु यादव, मुख्य सचिव रामकृष्ण सुवेदी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, डिएफआईडीका सल्लाहकार रोब क्लार्क, आर्थिक तथा संस्थागत विकासका बरिष्ठ उपाध्यक्ष बलजित बोहरा, नेपाल एसआईबी बैंकका प्रबन्ध सञ्चालक लूई बर्जर तथा प्रमुख कार्यकारी अधिृकत अनुकूल भट्नागरले संयुक्त रूपमा उद्घाटन गरेका छन् । उक्त अवसरमा १०० भन्दा बढी वैदेशिक रोजगारीमा जाने सम्भावित श्रमिकहरूको उपस्थिती रहेको कार्यक्रममा प्रमुख अथिति यादवले कर्जा स्वीकृती पत्र हस्तान्तरण गरेका थिए । डिएफआईडी÷युकेएडको सहकार्यमा बैंकले उक्त सुविधा प्रदान गरेको उक्त अवसरमा जानकारी दिइयो ।