काठमाडौं– माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले जारी पुँजी रु ३९ करोड २१ लाख ५६ हजार आठ सयको १० प्रतिशत अर्थात् रु तीन करोड ९२ लाख १५ हजार सात सय बराबरका रु एक सय दरका तीन लाख ९२ हजार एक सय ५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।
त्यस्तै एक लाख ५२ हजार नौ ४१ कित्ता शेयर सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
निष्कासन गरिने शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १४:२८