काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गर्दै एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बालुवाटार पुगी राजीनामा बुझाएका हुन् ।
एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्रीको सहभागी रहेको थियो । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता शपथ लिएका थिए । नेकपा एमालेअघि राप्रपाले पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १६:००