काठमाडौं – आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा अन्तर्गतको खेलमा सोमबार नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ ।
युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाएका छन् । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाउन सफल भए ।
२६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १६:४१