काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज सन्दीपलाई विदेश जान दिने निर्णय सुनाएको हो ।
लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो।
उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ ०८:१९