काठमाडौं– नेपालको अति लोकप्रिय रुस्लान भोडकाले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ । अब रुस्लानका आकर्षक प्याक हङकङ, मलेसिया र बेल्जियमका बजारमा पनि देख्न सकिने छ । नेपाली बजारमा पारखीको पहिलो रोजाईको ब्राण्ड बन्न सफल रुस्लानले विदेशी वजारमा पनि आफ्नो अमित छाप छोडन सफल हुनेमा जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशी विश्वस्त छन् ।
रुस्लान विगत चार दशक देखि पारखीको स्वाद र सन्तुष्टीलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोडका हो । रुस्लानको अद्वितिय गुणस्तरले गर्दा नै अधिकांश उपभोक्ताको रोजाईमा पर्न सफल पनि भएको छ । चीन, थाइल्याण्ड लगायतका देशहरूमा पनि ब्राण्डको निकासीका लागि पहल भइरहेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।