काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलेलाई क्यानले युएई पठाउनका लागि प्रक्रिया थालेको छ । सोमबार सर्वोच अदालतले विदेश जान अनुमति पाएसँगै क्यानले प्रक्रिया अघि बढाएको हो ।
घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा सन्दीपले १३ विकेट लिएका थिए । नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।
सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुनः पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।
क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने बताए । सन्दीपले भिसाका लागि यूएई एम्बेसीमा पासपोर्ट हिजो बुझाएका छन् ।
नेपालले अहिले यूएईमा पपुवा न्युगिनी (पीएनजी) र घरेलु टोली यूएईसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ । जसमा नेपालले पहिलो खेलमा पीएनजीलाई ४ विकेटले हराएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ ११:२१