एजेन्सी– एलोन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका मुख्य कार्यकारी अधिकारी मस्क पुनः एक पटक विश्वका सर्वाधिक धनी व्यक्तिको बन्न सफल भएका छन् ।
पछिल्लो २४ घण्टामा भएको वृद्धिमा मस्को कुल सम्पत्ति १८७ अर्ब डलर पुगेको छ । यसअघि शीर्ष स्थानमा रहेका फ्रान्सका अर्बपति बर्नार्ड अर्नाल्ट १८५ अर्ब डलर कूल सम्पत्ति सहित दोस्रो स्थानमा झरेका छन् ।
सन् २०२१ देखि लगातार शीर्ष स्थानमा रहेका मस्कलाई अघिल्लो वर्ष डिसेम्बर २०२२ मा बर्नार्ड अर्नाल्टले पछि पार्दै विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए।
बिजिर्नेस इन्साइडरका रिर्पोट अनुसार मस्कको सम्पत्तिमा २४ घण्टाभित्र ६.९८ अर्ब डलर वृद्धि भएको हो । पछिल्ला केही दिनदेखि मस्कको सम्पत्ति वृद्धि भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ ११:४१