काठमाडौं– राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले अधिक्तम चार लाख रूपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चार लाख रूपैयाँसम्म खर्च गर्न पाउने जनाएको छ ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडल र नेकपा एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन् । तर उनीहरूलाई चुनावी खर्चको सीमा तोकिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम ४ लाख रूपैयाँसम्म खर्च गर्न पाउँछन् । तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १र१ लाख खर्च गर्न पाइने छ ।
कार्यालय सञ्चालनमा ६० हजार रूपैयाँ, प्रतिनिधि परिचालनमा ४० हजार रूपैयाँ, विविधमा २४ हजार रूपैयाँ, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार रूपैयाँ, ढुवानीमा १५ हजार रूपैयाँ र मतदाता नामावली खरिदमा १ हजार रूपैयाँ खर्च गर्न पाइनेछ ।
मंगलबार साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागु हुनेछ । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ १२:०३