काठमाडौं– आईसीसी यू-१९ एसिया विश्वकप छनोट अन्तर्गतको खलेमा मंगलबार नेपालले मलेसियालाई पराजित गरेको छ ।
यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको उक्त खेलमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको पूरा गरेको हो ।
नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो ।
मलेसियाका तीन ब्याटरले बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ १४:३८