काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त (सीके) राउत आफनो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।
काठमाडौंमा मंगलवार आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन् ।
उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए । उनका अनुसार सरकारमा सामेल भएका दलहरु फेरिने भएपनि सरकार नफेरिने उनको भनाई छ ।
उनले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ १५:०२