भारत- भारतको पश्चिमी राज्य गुजरातमा एक औषधि कारखानामा विस्फोट हुदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गुजरातको राजधानी गान्धीनगरबाट करिब तीन सय ९८ किलोमिटर दक्षिणमा पर्ने वल्साड जिल्लाको सारिगाममा अवस्थित गुजरात औद्योगिक विकास निगम (जीआईडीसी) मा राति विस्फोट भएको थियो ।
विस्फोटका कारण कारखानामा आगो लगी हुँदा भवनका केही भाग ध्वस्त भएको जनाइएको छ ।
घटनामा दुई जनाको मृत्यु हुनुको साथै र दुई जना घाइते भएको ती घाइतेलाई अस्पताल लगिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ १५:५५