काठमाडौं– सेयर बजार मंगलबार ३ अंकको घटेको छ । नेप्से सूचक ३.६१ अंकले घट्दै २ हजार १९.९३ अंकमा बजार झरेको हो ।
कारोबार रकम समेत खुम्चिएर १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमा झर्न पुगेको छ । हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक ९ वटा उपसूचक आज ऋणात्मक भएका छन् । यद्यपि, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
प्रिमियर इन्स्योरेन्स र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताहरुले भने आज क्रमशः ३.८५ प्रतिशत र ३.८४ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९ १५:५९