एजेन्सी - चौथो त्रैमासिकमा भारतको जीडीपी वृद्धिदर ४.४ प्रतिशतले घटेकाे छ । भारतको आर्थिक वृद्धि दर सन् २०२२ को चौथो त्रैमासिकमा ४.४ प्रतिशतमा झरेको हाे ।
तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयको सङ्घीय राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) द्वारा मङ्गलबार जारी गरिएको तथ्याङ्कले गत अक्टोबरदेखि डिसेम्बरमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि जुलाईदेखि सेप्टेम्बरमा ६.३ प्रतिशतबाट ४.४ प्रतिशतमा झरेको देखाएको छ ।
सरकारले जारी गरेको दोस्रो अग्रिम अनुमानअनुसार भारतको जीडीपी आर्थिक वर्ष २०२२–२३ का लागि ७ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ०८:१९