काठमाडौं– मोरक्कन फुटबल खेलाडी अचराफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेसँगै उनीमाथि अनुसन्धान सुरु भएको हो । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर हाकिमीलाई २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।
हाकिमीले उनको घरमा नै बलत्कार गरेको ती महिलाले आरोप लगाएकी छन् । हाकिमीले फेब्रुअरी २५ मा उनको घरमै आफुलाई बलात्कार गरेको आरोप ती महिलाले लगाएकी छन् ।
प्रहरीले यस आरोपमाथि अनुसन्धान थालेको सिएनएनले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ११:४१