काठमाडौं– बुधबारका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आगमी चैत ५ गते अर्को बैठक बोलाएको संसद सचिवालयले जानकारी दिएको छ ।
‘मिति २०७९ फागुन १७ गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक मिति २०७९ चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरि निर्धारण गर्नु भएको माननीय सदस्यहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा भनिएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ११:५२