काठमाडौं– सर्वोच्च अदालतले विदेश जान लगाएको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएई जाने भएका छन् ।
युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारी गरेसँग भिसा पनि पाएका छन् । नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा पनि राखिसकेको जानकारी दिए ।
टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । तर, कसको नाम हटाएको हो भने बारे खुलाएको छैन ।
त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुवा न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलङ्कामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।
लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १३:१८