काठमाडौं– राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई भोट माग्न वामदेव निवास भैंसेपाटीमा केपी ओली पुगेका छन् । नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् ।
राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् ।
यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट निश्किृय बसेका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १५:२५