काठमाडौं– इण्डियन आयल कर्पोरेशन (आईओसी) ले सबै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आईओसीले एलपीजी बाहेका सबै पदार्थको मूल्य घटाइर मूल्यसूची पठाइको छ । ।
नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । जबकि, निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपीजी ग्यास बिक्री गर्दै आइरहेको छ ।
यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १।२१ रुपैयाँ घटेको छ ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर ५।०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३।४० रुपैयाँ घटेर आएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १६:११