काठमाडाैं - प्रिमियर ईन्स्योरेन्स कम्पनी (नेपाल) लि. र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड एकिकृत कारोबार शुरु गरेकाे छ ।
दुवै कम्पनीबीच आज विधिवत रुपमा मर्जर भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सञ्चालनमा आएको हाे ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्युले एक समारोहबीच एकिकृत कारोबार शुभारम्भ गरेका छन् । मर्जरपछि बनेको नयाँ कम्पनीका अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र बहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् ।
दुवै बीमा कम्पनी (१ः१) समान शेयर अनुपातमा एक आपसमा मर्जर भए पश्चात् बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी २ अर्ब ८० करोड भन्दा बढी हुने छ भने बीमा कोषमा २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।
यसैगरी कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड छ भने बजार पूजीँकरण १८ अर्ब २३ करोड पुगेको छ । कम्पनीद्धारा जारी गरिएको बीमालेख संख्या ४१७१८२ रहेको छ । एकिकृत कम्पनीले १२५ शाखा सञ्जाल मार्फत सेवा प्रदान गर्ने जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १९:३३