दाेलखा-अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले सेयर निकाल्न स्वीकृति पाएकाे छ । दोलखा जिल्लाको बिगु गाउँपालिका १ लामाबगरमा अवस्थित अपर तामाकोशी हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय स्वीकृत गरेको हाे ।
कम्पनीमा बसेकाे १८७औ बैठककाे निर्णय अनुसार विद्युत नियमन आयोगले अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो ।
आयोगको अध्यक्ष डिल्ली सिंहले कम्पनीको चुक्ता पुजी १०अर्ब ५९ करोड रहेको र १बराबर१ सेयरको अनुपातमा हकप्रद सेयर निकाल्दा कम्पनीको चुक्ता पुजी २१अर्व १८करोड पुग्ने बताएका छ्न्।
भदौ ३गतेकाे साधारण सभाले सो निर्णयले सो प्रस्ताव पारित गरेको थियो भने हाल अप्पर तामाकोशी जलविद्युत आयोजनाले अघिल्लो वर्षदेखि विद्युत उत्पादन सुरु गरेको छ। अप्पर तामाकोशी हाइड्रोपावर चार सय ५६ मेगावाट क्षमताको आयोजना हाे ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ ०८:१०