दोलखा - माथिल्लो तामाकोसी जलविद्युत निर्माणको जिम्मा चिनिँया ठेकेदारलाई परेकाे छ ।
दोलखामा निर्माण हुने ९९दशमलव ५ मेगावाटको माथिल्लो तामाकोसी पाँचौ जलविद्युत निर्माणको जिम्मा चिनिँया ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेसन पाएको छ ।
निवेदन दिने चार कम्पनी मध्ये कम आर्थिक प्रस्ताव गर्ने सिनो हाइड्रो कर्पोरेसनले पहिलो चरणको सिभिल र हाइड्रो मेकानिकलको काम गर्ने भएकाे छ।
नेपाल विद्युत प्राधिकरणको सहाय कम्पनी मार्फत ४५६मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेटको रुपमा यो आयोजना निर्माण हुने छ यसको हेडबक्स निर्माण नगरि माथिल्लो तामाकोसी जलविद्युतबाट आएको टेलरेसको पानी सिधै सुरुङमा पठाइन्छ ।
आयोजनाको ८किलो मिटर सुरुङ निर्माण गरि बिगु ४मा भुमिगत विद्युत गृह निर्माण गरि विद्युत उत्पादन गरिने छ। आयोजनाबाट उत्पादित विद्युत २ किलोमीटर २२०केभीको प्रसारण लाइन निर्माण गरि गोङ्गर खिम्ती प्रसारण लाइनमा जोडिने छ।
आयोजना प्रमुख हेमन्त भट्टले आयोजनाको काम आगमी ४वर्षमा सकिने गरि अर्को वर्षबाट काम सुरु गरिने जानकारी दिएका छन् । हाल आयोजनाको आवाज गृह निर्माण कार्य जारी छ।
आयोजनाको सम्पुर्ण काम बिगु गाउपालिकामा निर्माण हुने छ करिब १८अर्व लागत अनुमान गरिएकोमा कर्मचारी सन्चयकोष को ७०%अर्थात १३अर्व ऋण लगानी गर्ने सहमति जनाइ सकेको छ भने बाकी सर्वसाधरणबाट ऋण लगानी हुने छ।