एजेन्सी– सन् १९५८ फिफा विश्वकपमा कीर्तिमानी गोल गर्ने जस्ट फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको छ । उनले सन् १९५८ फिफा विश्वकपमा १३ गोल गर्ने सर्वाधिक खेलाडी घोषीत भएका थिए । उनी ८९ वर्षका थिए ।
फन्टेनले स्वीडेनमा भएको सन् १९५८ को विश्वकपमा फ्रान्सका लागि फन्टेनले ६ खेलमा १३ गोल गरेका थिए । फन्टेनले सन् १९५३ देखि १९६० सम्म फ्रान्सका लागि २१ खेल खेल्दै ३० गोल गरेका थिए ।
व्यावसायिक फुटबलमा भने उनले अधिकांश समय रिम्समा बिताएका थिए । रिम्सामा उनले १५२ खेलमा १४५ गोल गरे । फेन्टेनले सन् १९९६ मा २८ वर्षकै उमेरमा संन्यास लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ ११:०१