काठमाडौं – बिपिडब्लु लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरिसकेको र बिहीबारबाट सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ३ करोड रूपैयाँको २६।९८ प्रतिशतको ८० लाख ९५ हजार रूपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार प्रतिशेयर १०० अंकित मूल्यमा ८० हजार ९५० कित्ता शेयर निष्काशन हुनेछ ।
यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता शेयर निष्काशन गरिसकेको छ । कर्मचारीका लागि जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ५०० कित्ता शेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सुरक्षित गरिसकेको छ ।
बाँकी रहेको ५४ हजार ७५० कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यसमा फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा चैत २ गतेसम्म भर्न पाइनेछ ।
यो आईपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आईपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १२:२९