काठमाडौं– आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा दोस्रो सफलता मिलेको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् ।
सन्दीपले १४ औं ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका हुन् ।
यसअघि नेपालका लागि करण केसीले पहिलो ओभरमा नै विकेट लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १३:००