काठमाडौं– यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहयोग मागेको छ ।
बिहीबार रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी कार्यालय बसुन्धरामा भेटेर एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग मागेको हो । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् ।
नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमाले नेताहरुले नेम्वाङको पक्षमा मत मागेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १४:५३