काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीले आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेता रामचन्द्र पौडेललाई दिने बताएका छन् ।
बिहीबार आठ दलका संघीय सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । प्रशिक्षणपछि अध्यक्ष नेपालले भने, ‘प्रस्तावक म आफै भएकाले पनि उहाँको विजयको शुभकामनासहित आफ्नो पार्टीको सबै मत उहाँको पक्षमा खसाल्ने विश्वास दिलाएँ ।’
त्यस क्रममा अध्यक्ष नेपालले अहिलेसम्मका राष्ट्रपतिहरू संविधानको मर्म अनुसार नचलेको जानकारी दिए । ‘अहिलेसम्म प्राप्त अनुभवहरूलाई ध्यानमा राखेर विगतमा केके त्रुटिहरू हुन गए ? के के राम्रा कुरा भए ? त्यसलाई समेत ध्यानमा राखेर अब निर्वाचित हुने राष्ट्रपतिले गम्भीर भएर जिम्मेवारी वहन गर्नुहुनेछ भन्ने कुरामा मैले ध्यानाकर्षण गराएँ’, नेपालको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९ १६:३८